संविधानको धारा ६१ को आधारमा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

संविधानको धारा ६१ को आधारमा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ पुस्ताको मागअनुरूप उनले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रूपमा नेतृत्व गर्ने जिम्मेवारी पाउने भएका छन्।

राष्ट्रपतिले संविधानको धारा ६१ लाई आधार मानेर कार्कीलाई नियुक्त गरेको जनाइएको छ। सो धाराको उपधारा ३ र ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्ने दायित्व उल्लेख गरिएको छ। यही प्रावधानलाई आधार मानेर कार्कीलाई जिम्मेवारी दिइएको हो।
 

खबरपाटी
खबरपाटी