कांग्रेस सभापति देउवा र आरजु राणा घाइते

कांग्रेस सभापति देउवा र आरजु राणा घाइते

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि प्रदर्शनकारीले निरन्तर कुटपिट गरेका छन्।

मंगलबार दिउँसो काठमाडौंको बूढानिलकण्ठस्थित देउवाको निवासमा पुगेका युवाहरूले तोडफोड र आगजनी गर्नुका साथै देउवा दम्पत्तिमाथि आक्रमण गरेका हुन्। कुटपिटबाट उनीहरू गम्भीर घाइते भएको प्रारम्भिक विवरण आएको छ।

आन्दोलनकारीहरू अहिले पनि घर परिसर वरिपरि रहेका छन् भने प्रहरी र सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

खबरपाटी
खबरपाटी