मेयर बालेन शाहले प्रधानमन्त्रीको राजीनामापछि जेन-जेडलाई संयमित हुन आग्रह

मेयर बालेन शाहले प्रधानमन्त्रीको राजीनामापछि जेन-जेडलाई संयमित हुन आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जेड आन्दोलनकारीहरूलाई संयमित हुन आग्रह गरेका छन्।

 

उनले भने, “प्रिय जेन-जेड, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोस्। देशको जनधनको क्षति भनेको हाम्रो आफ्नै सम्पत्ति हो। तपाईंहरूको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, त्यसका लागि तयार रहनुहोस्।”

 

बालेनले थप भनेका छन्, आफू सेना प्रमुखसँग वार्ता गर्न तयार भए पनि संसद विघटन हुनुपर्नेमा अडान कायम रहने बताएका छन्।

खबरपाटी
खबरपाटी