सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार हुने जेनजीको प्रदर्शनलाई मेयर साहको समर्थन

सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार हुने जेनजीको प्रदर्शनलाई मेयर साहको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले आज सामाजिक सञ्जालबाट भरपूर समर्थन रहेकाे जानकारी दिएका हुन्।

उनले उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी रहेको बताए।

उनले भनेका छन्, ‘भोलिको र्‍याली स्पष्ट  स्वतस्फुर्त रूपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्ष नि हुनुहुन्छ, जसका लागि म पनि अझै बूढो देखिन्छु, मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ। भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ। प्रिय जेनजी भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?।’

सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गरेपछि यतिखेर चौतर्फी विरोध भइरहेको छ।

खबरपाटी
खबरपाटी