बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलअघि दशरथ रङ्गशालामा नेपाली राष्ट्रिय टोलीको अभ्यास

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलअघि दशरथ रङ्गशालामा नेपाली राष्ट्रिय टोलीको अभ्यास

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय टोलीले मङ्गलवार दशरथ रङ्गशालामा अभ्यास गरेको छ । भदौ २१ र २४ गते हुने बङ्गलादेश र नेपालबिच हुने खेलअघि टोलीले दशरथ रङ्गशालामा अभ्यास गरेको हो ।

 लिग खेल  समयमै नभएको कारण खेलाडीको अभ्यासमा असर परेको खेलाडीहरूको गुनासो छ । यस्तो पृष्ठभूमिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली  भदौ १८ गते नेपाल आइपुग्नेछ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको छ।

खबरपाटी
खबरपाटी