रास्वपा उमेदवार लेखजंग थापाले भने– त्यागका लागि तयार छु

रास्वपा उमेदवार लेखजंग थापाले भने– त्यागका लागि तयार छु

काठमाडौं । रास्वपाले रुपन्देही ३ मा उमेदवारका लागि निर्णय गरेका डा. लेखजंग थापाले आफू जस्तोसुकै त्यागका लागि तयार भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताउँदै भनेका छन्, “रुपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको उमेदवार छनोट  विधि अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उमेदवार घोषित भएको तथ्य अवगत नै छ । तथापी मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु ।”

उनले दुईवटा विवाहका सम्बन्धमा स्पष्ट पार्दै एकजनासँग सम्बन्ध विच्छेद भएपछि अर्कोसँग विवाह गरेको उल्लेख गरेका छन् ।

खबरपाटी
खबरपाटी