अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, पाकिस्तानको राजधानीसम्म धक्का

अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, पाकिस्तानको राजधानीसम्म धक्का

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ।

नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।

६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

खबरपाटी
खबरपाटी