प्रधानमन्त्री ओलीलाई चीनमा यसरी गरियो स्वागत, आजै राष्ट्रपति सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओलीलाई चीनमा यसरी गरियो स्वागत, आजै राष्ट्रपति सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा आएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे । प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

खबरपाटी
खबरपाटी