नेपाल साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि पराजित

नेपाल साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि पराजित

काठमाडौं। नेपाल साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि पराजित भएको छ। अष्ट्रेलियामा आज भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो। 

पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १५७ रन बनायो।  


रुपेश सिंहले ३७ रन र लोकेश बमले ३२ रन बनाए पनि नेपालले खेल जित्न सकेन। 


पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाका रायन किङले ३९ रन, डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाएका थिए।

नेपालका लागि करण केसी, शाहब आलम र रुपेश सिंहले २–२ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली आजै भएको आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो।

यसअघि नेपालले मंगलबार भएका दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो।

 

खबरपाटी
खबरपाटी