गौरीघाट क्षेत्रमा जलसतह सतर्कता तह पार

गौरीघाट क्षेत्रमा जलसतह सतर्कता तह पार

काठमाडौं । काठमाडौंस्थित गौरीघाट क्षेत्रमा जलसतहले सतर्कता तह पार गरेको छ । शुक्रबार राति जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

"भदौ ६ गते, राति ९:४३ बजे । काठमाडौंस्थित गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ," विभागले सूचना जारी गर्दै भनेको छ । 

खबरपाटी
खबरपाटी