बागलुङ-बेनी सडक३ करोड २१ लाख खर्चेर मर्मत

बागलुङ-बेनी सडक३ करोड २१ लाख खर्चेर मर्मत

काठमाडौं ।  सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ–बेनी सडक ३ करोड २१ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गरेको छ । 


मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 


उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए । रासस   

खबरपाटी
खबरपाटी