संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । 


प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । 


तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही २३ साउनमा स्वदेश फर्किएका हुन् । 

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  

खबरपाटी
खबरपाटी