आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले पटक–पटक नयाँ नयाँ रूपमा विश्वासको मत माग्ने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । दुई ठुला दल(कांग्रेस र एमाले)ले राजनीतिक स्थिरताको नाममा तमासा गरिरहेका उनले बताए ।
मंगलबार बसेको प्रदेशसभालाई सम्बोधन गर्दै नेता खनालले सरकार किन ढल्छ र बन्छ भन्ने विषयमा व्यवहारिक जवाफ दिन सकेको अवस्था नरहेको बताए । साना दललाई अस्थिरताको कारण देख्ने ठुला दलले वर्तमान अवस्थामा आफूलाई कुन ढङ्गले व्याख्या गरेका छन् ? उनले प्रश्न गरे ।
प्रशासनिक खर्च कटौती, मन्त्रालयको सङ्ख्या, अव्यवहारिक संरचना घटाउन सरकारले काम गर्न सक्नु पर्ने उनको भनाई छ । उनले वर्तमान अवस्थामा सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताए ।