सुनसरीमा बस र विङ्गर ठोक्किँदा तीनको मृत्यु, १५ जना घाइते

सुनसरीमा बस र विङ्गर ठोक्किँदा तीनको मृत्यु, १५ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको भीषण सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।


तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


आज बिहान करिब ६ बजे भएको सो दुर्घटना काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रोबस आपसमा ठोक्किँदा भएको हो ।

ठक्करका कारण विङगरमा सवार एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक तथा घाइतेको पूर्ण परिचय सार्वजनिक भइसकेको छैन ।


घाइतेलाई तत्काल उद्धार गरी सुनसरी र मोरङका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए । 

खबरपाटी
खबरपाटी