सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, लाभांश क्षमता २० प्रतिशत

सानिमा बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी, लाभांश क्षमता २० प्रतिशत

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानीसँगै फी तथा कमिसन आम्दानी बढ्दा नाफामा योगदान पुगेको छ ।


अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३५ करोड रुपैयाँ छ । बैंकको लोन लस प्रोभिजन बढेको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष १ अर्ब ४३ करोड रहेकोमा गत आवमा १ अर्ब ८८ करोड छ ।

बैंकको प्रतिसेयर आम्दानी पहिले १७ रुपैयाँ ६५ पैसा रहेकोमा अहिले १८ रुपैयाँ ९३ पैसा छ । बैंकको निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जा पहिले १.७२ प्रतिशत रहेकोमा अहिले ३.०१ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २०.४७ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको यस बैंकको सेयर मूल्य ३७५ रुपैयाँ हाराहारीमा छ ।

खबरपाटी
खबरपाटी