रवि लामिछानेलाई थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्छ : बाबुराम भट्टराई

रवि लामिछानेलाई थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन्।

बिहीबार भैरहवा कारागारमा लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताए।


सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ। उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए। 


भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए। 

खबरपाटी
खबरपाटी