सुनको मूल्य बढ्यो , चाँदी पनि महँगियो

सुनको मूल्य बढ्यो , चाँदी पनि महँगियो

काठमाडौं । नेपाली सुन बजारमा आइतबार एकैदिनमा अभूतपूर्व वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेको छ।


अघिल्लो दिन प्रतितोला १,९३,१०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको १,९६,५०० रुपैयाँ पुगेको हो। यो मूल्य वृद्धिलाई पछिल्लो समयको सबैभन्दा ठूला दैनिक वृद्धिहरूमध्ये एक मानिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन २,२३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २,२५० रुपैयाँ पुगेको छ, अर्थात् १५ रुपैयाँको वृद्धिसहित कारोबार भइरहेको महासंघले जनाएको छ।


विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भइरहेको चाप, अमेरिकी डलरको उतारचढाव, र स्थानीय मागको असरले नेपाली बजारमा पनि सिधा प्रभाव परेको हो।

खबरपाटी
खबरपाटी