सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं ।  बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो । 


जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । 


यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी