काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली सार्वजनिक गरिएको छ। साफ यू–२० महिला च्याम्पियनसिप खेलेको टिममा प्रशिक्षक यम प्रसाद गुरुङले एक परिवर्तन गरेका छन्।
डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानले टोलीमा स्थान बनाएकी छन्। भुटानमा ६ देखि ११ अगष्टसम्म हुने प्रतियोगितामा नेपालले समुह ए मा रहेर प्रतिस्पर्धा गर्नेछ।
नेपाल रहेको समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबीया रहेका छन्।
नेपालको टोलीः
गोलकिपरः
सुजता तामाङ, लीला जोशी, करुणा बुढाथोकी
डिफेन्डरः
सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पान्धाक, सिम्रन राई। सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया
मिडफिल्डरः
कविता गुरुङ, शुशिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी(कप्तान), सेनु परियार
फर्वाडः
कुसुम खतिवडा, सुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णीमा राई, मीना देउवा र समिक्षा मगर
प्रमुख प्रशिक्षक: यम प्रसाद गुरुङ