आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । तराई क्षेत्रमा पानी नपरेपछि धान रोपाइँमा प्रभाव परेको छ । अन्य प्रदेशमा गत वर्षकै हाराहारी रोपाइँ हुँदा यो वर्ष मधेस र कोसी प्रदेशमा धान रोपाइँ न्यून देखिएको छ ।
साउन ११ गतेसम्म मधेस प्रदेशमा ५१.८२ प्रतिशत र कोसी प्रदेशमा ८०.३९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको साउन १३ गतेसम्म मधेस प्रदेशमा ९२ प्रतिशत र कोसी प्रदेशमा ९०.७ प्रतिशत धान रोपाइँ भएको थियो ।
कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, यो प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुन्छ । तर, साउन ११ गतेसम्म मधेसमा एक लाख ९३ हजार ११६ हेक्टर जमिनमा रोपाइँ भएको छ ।