सिन्धुलीमा ५०० मिटर तल खस्यो पिकअप, दुई गाईसहित एकजनाको मृत्यु

सिन्धुलीमा ५०० मिटर तल खस्यो पिकअप, दुई गाईसहित एकजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । गाडीमा राखेर लैजाँदै गरेका दुई जर्सी गाई पनि मरेको अवस्थामा फेला परेको छ । दुई गाई चोट लागेको अवस्थामा जीवित भेटिएको प्रहरीले जनाएको छ ।

चार गाईसहित उक्त गाडी भक्तपुरबाट झापातर्फ जाँदै थियो । बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप शुक्रबार (साउन ९) बिहान करिब १२ः५० बजे सुनकोसी गाउँपालिका–६, शीतलपाटीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

खबरपाटी
खबरपाटी