‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, तर काण्डमा मुछिएकाहरु अझै मन्त्री ?’

‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, तर काण्डमा मुछिएकाहरु अझै मन्त्री ?’

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारमा रहेकाहरूको बोली र व्यवहार एउटै हुनुपर्ने बताएका छन् ।

भिजिट भिसा प्रकरण, कास्कीको लिची बगैँचा हत्याउने घुस काण्ड, मानव बेचविखन जस्ता प्रकरणमा मुछिएका मन्त्रीहरु अझै किन पदासिन छन् भन्दै प्रश्न उठाएका हुन् ।


‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु- भिजिट भिसा प्रकरण, कास्की लिची बगैँचा काण्डमा मुछिएका मन्त्रीहरू किन अझै पदमा छन् ?’, साहको प्रश्न छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उठेका मन्त्रीमाथि एक्सन हुनुपर्ने बताए ।


‘मान्छे बेचबिखनमा मुछिएकाहरूलाई किन सम्मानसहित स्वागत गरिन्छ ?’, साह भन्छन्, ‘यो मौनता सर्मलाज पनि हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो म प्रश्न गर्न चाहन्छु ।’

खबरपाटी
खबरपाटी