धरानमा बनेको मेरो शालिक कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिनूः पूर्वमन्त्री किराँती

धरानमा बनेको मेरो शालिक कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिनूः पूर्वमन्त्री किराँती

काठमाडौं । पूर्वसंस्कृतिमन्त्री सुदन किराँतीले धरानमा आफ्नो शालिक या मूर्ती बनेको विषयमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त शालिक बन्नुपर्ने या बनाइनुपर्ने आफ्नो व्यक्तित्व नभएको जनाउँदै त्यसलाई कसैले नदेख्ने ठाउँमा लगेर गाड्नका लागि सुझाव दिएका छन्।

उनले लेखेका छन्– 
धरानमा मेरो शालिक बनाईदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु।

सबैमा स्मरण रहोस्, मलाई मेरो शालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। साँच्चै भन्नुपर्दा मान्छेको शालिक बनाउने र शालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्तत म विरोधी हुँ।

फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु ररु त्यसैले त्यो बनिएको शालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्ने गरी लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।

खबरपाटी
खबरपाटी