काभा भलिबल च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्सको जित

काभा भलिबल च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्सको जित

काठमाडौं – हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा भलिबल च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ। मालिभ्सको मालेमा  सम्पन्न भएको खेलमा काजखस्तानको झेइक क्लबलाई ३–२ ले हराएको हो।

हेल्प नेपालले पहिलो सेटमा काजखस्तानको झेइक क्लबलाई २५–२२ ले हराएको थियो। सुरुआतबाट लगातार अग्रता बनाएको हेल्प नेपालले सेटभरी नै झेइकलाई पछि पार्दै जितेको थियो। तर दोस्रो सेटमा हेल्प नेपाल क्लब १८–२५ ले पराजित भएको थियो। तेस्रो सेटमा २३û२५ ले हारेपछि खेलमा हेल्प नेपाल १–२ सेटले पछि परेको थियो। तर चौथो सेटमा हेल्प नेपालले २५–१८ को जित निकालेर खेलमा कमब्याक गरेको थियो।

पाँचौ तथा निर्णायक सेटमा १५–११ को जितसहित हेल्प नेपाल विजयी भएको हो। यसअघि हेल्प नेपाल कीर्गिस्तानको क्लब बिस्केकसँग पराजित भएको थियो। तर नेपाली क्लबले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ र घरेलु टोली धिवेही सिफाइन्सलाई ३२ ले हराएको थियो।

 


 

खबरपाटी
खबरपाटी