प्रबलीकरण सुस्त हुँदा बागदरबारको बिजोग

प्रबलीकरण सुस्त हुँदा बागदरबारको बिजोग

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी कार्यालय रहेको बागदरबार अहिले जीर्ण बनिसकेको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ । 

निकै पुरानो भवन भएकोले कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो । 

लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो । अन्ततः प्रबलीकरण गर्ने सहमति भएपनि काम सुस्त गतिमा चलिरहेको छ ।

खबरपाटी
खबरपाटी