साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल र घरेलु टिम बङ्गलादेशबीच प्रतिस्पर्धा हुने

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल र घरेलु टिम बङ्गलादेशबीच प्रतिस्पर्धा हुने

काठमाडौं – साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र घरेलु टिम बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।  

प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपाल लिग चरणमा बेहोरेको हारको जवाफ मैदानमै फर्काउन प्रतिबद्ध देखिन्छ। दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ। अपेक्षा अनुरूप उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच  हुने अन्तिम खेलबाट हुने भएको छ।

चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ। त्यसैले यस प्रतियोगितामा फाइनलको प्रावधान छैन।  दोहोरो लिगपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ। जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी भएको हो। 

भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन्। नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यु–२० उपाधि जित्ने अभियानमा रहेको छ। अघोषित फाइनलमा रूपान्तरण भएको अन्तिम खेलमा घरेलु टिम बङ्गलादेश केही फाइदामा छ। बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन्।

 

खबरपाटी
खबरपाटी