काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबको लगातार दोस्रो जीत

काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबको लगातार दोस्रो जीत

काठमाण्डौ – नेपाली लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको छ ।

माल्दिभ्समा चलिरहेको च्याम्पियन्स लिगको दोस्रो खेलमा हेल्प नेपालले घरेलु टोली क्लब एचडिसीलाई ३–१ ले हरायो ।

शुरुवाती दुई सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो भने चौथो सेटमा खेलमा फर्कन सफल भयो । हिजोको खेलमा हेल्प नेपाल २५–१९, २५–२३, १९–२५, २५–२२ ले विजयी भएको हो ।

अस्तिदेखि शुरू भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु अर्को टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ को सेटमा हराएको थियो ।

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ टोली सहभागि छन् ।

च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।

खबरपाटी
खबरपाटी