नर्वेलाई हराउँदै इटाली महिला युरो कपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इटाली महिला युरो कपको सेमिफाइनलमा

काठमाडौं – नर्वेलाई हराउँदै इटाली महिला युरो कपको सेमिफाइनलमा पुगेको छ।  

क्रिस्टियानो गिरेलीको २ गोलको मद्दतमा इटालीले महिला युरोको अन्तिम चारमा स्थान बनाएको हो।  इटालीले आगामी मंगलबार फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र स्वीडेनको विजेतासँग खेल्नेछ। 

सन् १९९७ मा जर्मनीसँग फाइनलमा पराजित भएयता इटालियन टोली युरोको अन्तिम चारमा पुग्न सकेको थिएन। 

१६औँ वरियताको नर्वे र १३औँ वरियताको इटालीले पहिलो हाफमा गोलरहित बराबरी खेलका थिए। 

दोस्रो हाफको ५औँ मिनेटमा गिरेलीले गोल गर्दै इटालीले अग्रता बनायो। खेलको ६६औँ मिनेटमा नर्वेका लागि हेगरवर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। तर, खेल सकिने केही मिनेट बाँकी हुँदा गिरेलीले निर्णायक गोल गर्दै २८ वर्षपछि टोलीलाई युरो कपको सेमिफाइनलमा पुर्‍याइन्। 

उनी ३५ वर्ष ८४ दिनको उमेरमा महिला युरोमा एकभन्दा बढी गोल गर्ने खेलाडी पनि बनिन्।  युभेन्टसकी फरवार्ड गिरेलीले आफ्नो देशका लागि ६१गोल गरिसकेकी छिन्। 

खबरपाटी
खबरपाटी