साइपाल एकेडेमीको ऐतिहासिक छात्रवृत्ति योजना : एसईई दिएकाहरूलाई २० लाखसम्मको छात्रवृत्ति र नगद उपहार
काठमाडौं । काठमाडौंको प्रतिष्ठित शैक्षिक संस्था साइपाल एकेडेमीले हालै एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ऐतिहासिक छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। ४० जना विद्यार्थीहरूलाई नगद र छात्रवृत्तिसहित करिब रु. २० लाख बराबरको आकर्षक उपहार र छात्रवृत्तिको घोषणा गरिएको छ।
"Visitors Scheme with Rewards" शीर्षकमा ल्याइएको यो योजना अन्तर्गत सहभागी विद्यार्थीहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कार जित्न सक्नेछन् । योजना अनुसार:
पहिलो पुरस्कार: रु. २५,००० + १००% छात्रवृत्ति
दोस्रो पुरस्कार: रु. २०,००० + १००% छात्रवृत्ति
तेस्रो पुरस्कार: रु. १५,००० + १००% छात्रवृत्ति
चौथो पुरस्कार: रु. १०,००० + १००% छात्रवृत्ति
पाँचौं पुरस्कार: रु. ५,००० + १००% छात्रवृत्ति
छैठौंदेखि दशौंसम्म: १००% छात्रवृत्ति
११ औं देखि २० औं: ७५% छात्रवृत्ति
२१ औं देखि ४० औं: ५०% छात्रवृत्ति
उक्त योजना अन्तर्गत सहभागी विद्यार्थीहरूका लागि Facebook मार्फत विशेष "Short Show" कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ।
साइपाल एकेडेमीले विद्यार्थीलाई आकर्षित गर्न मात्र नभई शिक्षाको पहुँच सबैमा पुगोस् भन्ने उद्देश्यले यस्तो अभियान संचालन गरेको हो। शिक्षामा गुणस्तर, नवप्रवर्तन र आधुनिक प्रविधिको प्रयोगमा निरन्तर सक्रिय साइपाल एकेडेमीले विगत एक दशकभन्दा बढी समयदेखि शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको छ।
प्रधानाध्यापक गणेश जोशीले यस अभियानको घोषणा गर्दै भने, “साइपाल शिक्षालयले सधैं गुणस्तरीय शिक्षा सबैका लागि होस् भन्ने विश्वास राख्दछ। यो छात्रवृत्ति योजना हाम्रो जिम्मेवारीप्रतिको गम्भीरता हो, जसले समाजका होनहार विद्यार्थीहरूलाई अझ उज्यालो भविष्यतर्फ उन्मुख बनाउने छ।”
धुम्बाराही, पिपलबोटस्थित साइपाल एकेडेमीले विज्ञान, व्यवस्थापन, मानविकी तथा अन्य विषयमा +2 र GCE A-Level कार्यक्रमहरू प्रदान गर्दै आएको छ।
नयाँ योजनासँगै यो संस्था फेरि एकपटक विद्यार्थी केन्द्रित, गुणस्तरीय र प्रगतिशील शिक्षण संस्थाको उदाहरण बनेको छ।