मौद्रिक नीतिले पुनः स्थापनाको स्पष्ट संकेत दिएको रविन्द्र ढकालको भनाइ

मौद्रिक नीतिले पुनः स्थापनाको स्पष्ट संकेत दिएको  रविन्द्र ढकालको भनाइ

काठमाडौं, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति २०८१/८२ लाई प्रभु बैंकका चिफ म्यानेजर रविन्द्र ढकालले “सकारात्मक, समावेशी र पुनःस्थापनामुखी” नीति भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका विचारमा उनले नीतिले सहजीकरण, स्थायित्व र पुनरुत्थानको स्पष्ट संकेत दिएको उल्लेख गरेका छन्।

ढकालका अनुसार यसपटकको नीति व्यवहारिक सोच र निर्णय क्षमताको प्रतिबिम्ब हो। राष्ट्र बैंकको नेतृत्व टोलीले समयमै नीतिको कार्यान्वयन गर्ने अठोट देखाएको उल्लेख गर्दै उनले भने, “नीति साउन १ देखि लागू हुने गरी समयमै ल्याउनु आफैमा उदाहरणीय उपलब्धि हो।”

नीतिका केही मुख्य विशेषताहरू

ढकालले मौद्रिक नीतिका विभिन्न पहलुहरूमाथि प्रकाश पार्दै निम्नलिखित क्षेत्रहरूमा सुधारको स्पष्ट संकेत देखिएको उल्लेख गरेका छन्:

घर तथा साना कर्जामा सहजीकरण : घर कर्जा सीमा ३ करोड, मूल्यांकनको ५०% र १० लाखसम्मको कर्जामा प्रक्रिया सहज बनाइएको छ।

शेयर धितो कर्जा सीमा ४० लाखसम्म पुर्‍याइने : अधिकतम ५०% कर्जा पाइने व्यवस्था छ।

कृषि र साना व्यवसाय कर्जामा प्रवर्द्धन : SMEs तथा कृषि कर्जामा सहुलियत सहित १० लाखसम्म कर्जा उपलब्ध गराइने।

ब्याजदर तथा तरलता व्यवस्थापन : ब्याजदर करिडोर घटाइने र आवश्यक अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने।

डिजिटल बैंकिङ र नियामकीय सुधार : डिजिटल बैंक (Niyo Bank) स्थापनाका लागि कानुनी संरचना तयार गर्ने, भुक्तानी प्रणाली सुधार।

लघुवित्तको लाभांश सीमा पुनरावलोकन : लघुवित्त संस्थाको १५% लाभांश सीमा पुनरावलोकन गरी लगानीकर्ताको विश्वास बढाउने लक्ष्य।

पुँजी वृद्धि र शेयर बजारमा सुधार : पुँजीको अवस्था कमजोर भएका बैंकलाई राइट सेयरमार्फत पूँजी बढाउने अनुमति।

दीर्घकालीन स्थायित्वमा योगदान

ढकालले मौद्रिक नीतिले स्थायित्वतर्फ लाग्ने संकेत दिएको र दीर्घकालीन आर्थिक सुधारको बाटो तय गर्न सक्ने धारणा व्यक्त गरेका छन्। “यो नीति उद्यमशीलता प्रवर्द्धन, लगानी आकर्षण, वित्तीय क्षेत्रको सुधार र ग्रामीण क्षेत्रमा आयवृद्धितर्फ केन्द्रित छ,” उनले लेखेका छन्।

खबरपाटी
खबरपाटी