काठमाडौँ महानगरको नगरसभा आइतवार बस्ने, २५ अर्बको बजेट सीमांकन

काठमाडौँ महानगरको नगरसभा आइतवार बस्ने, २५ अर्बको बजेट सीमांकन

काठमाडौँ -काठमाडौँ महानगरपालिकाको नगरसभा आगामी आइतवार असार २९ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।

आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले नगरसभा सम्बन्धी जानकारी गराउँदै बिहान ९ बजे कार्यपालिका बैठक र दिउँसो २ बजे नगरसभा सञ्चालन गर्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा सबै सदस्यहरूले सहमति जनाएपछि नगरसभा बस्ने पक्का भएको हो।

सात महिनापछि काठमाडौँ भ्यूटावर विवादपछि पहिलोपटक कार्यपालिका बैठक बसेको हो।

यसअघि बिहानीपख महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको थियो। सो बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ।

नगरसभामा प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यक्रम तय गरिएको छ।

खबरपाटी
खबरपाटी