रसुवा बाढी अपडेट :हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

रसुवा बाढी अपडेट :हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

काठमाडौं । रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । 


प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

प्रहरी अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ । 

आज बिहान सबेरैको बाढीले रसुवामा ठूलो क्षति गरे पनि यकिन विवरण अझै संकलन हुन सकेको छैन । 

तिब्बतबाट बग्दै आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको छ । 

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ । 

बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली घटनास्थल प्रस्थान गर्दैछ । 

खबरपाटी
खबरपाटी