नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन,बजारबाट फिर्ता ल्याइँदै

नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन,बजारबाट फिर्ता ल्याइँदै

काठमाडौं । नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ ।  पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 


यस्तै रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर जी ०७ को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।   विभागले बजार अनुगमबाट सङ्कलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरिएको थियो । 


खाद्य विश्लेषक मार्फत परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए । 


बिक्री रोकेर बजारबाट फिर्ता ल्याइँदै


आचार्यका अनुसार बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । विभागले यसको विषयमा थप कारबाहीबारे भने खुलाएका छैन । विभागले उद्योगहरूले बजारबाट  गुणस्तरहीन उत्पादन फिर्ता गरेर जानकारी दिएपछि यसबारे थप खुलाउने बताएको छ ।

खबरपाटी
खबरपाटी