बैंकिङ प्रणालीमबाट आज ६० अर्ब उठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमबाट आज ६० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारबाट ६० अर्ब रुपैयाँ खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।


६३ दिन अवधिको लागि प्रशोचन गर्न लागिएको रकमको साँवा र ब्याज भुक्तानी भदौ १८ गते गरिने छ । हाल, कर्जाको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता अत्यधिक फालाफाल भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भएका छन् ।

खबरपाटी
खबरपाटी