सभामुखलाई गगन थापाको सुझाव– कुलिङ पिरियडको बदमासीबारे आजै छानबिन समिति बनाउनुस्

सभामुखलाई गगन थापाको सुझाव– कुलिङ पिरियडको बदमासीबारे आजै छानबिन समिति बनाउनुस्

कााठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती विधेयकको कुलिङ पिरियडमा गरिएको बदमासीबारे सभामुख देवराज घिमिरले तत्काल छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।  मंगलबार दिउँसो कुरा गर्दै थापाले सभामुखले आजै छानबिन समिति बनाउनुपर्ने बताए ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिको अन्तिम बैठकले निजामती विधेयकका विषयमा निर्णयहरू गरेको र त्यसमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएको बताउँदै अगाडि भने, ुत्यो बैठकमा म सहभागी थिएँ, त्यसको अन्तिम वक्ता मै थिएँ । त्यसमा चलनचल्तीको कुलिङ पिरियड २ वर्षको अवधि राख्ने र अवधि राख्दै गर्दा सपाट, किन्तु, परन्तु बाहेक केही नभनिकन राख्ने भन्ने अन्तिम प्रस्ताव नै त्यहाँबाट टुंग्याएको हो ।ु 

महामन्त्री थापाले अगाडि भने, ुयो मानवीय त्रुटि हो या बदनियत हो, सबैभन्दा पहिले यसलाई छुट्टाउन पर्‍यो । यो त्रुटि वा कमजोरी हो भने पनि त्यसले दण्ड सजाय त पाउँनै पर्‍यो । दूधको दूध पानीको पानी थाहा हुनै पर्‍यो । बदनियत हो भने झन् यसको जरासम्म पुगेर त्यसलाई हदैसम्मको कारबाही हुनुपर्‍यो । यसको निम्ति मैले देखेको भनेको सरासर सम्माननीय सभामुख हाम्रो अभिभावक हुनुहुन्छ, उहाँले आजै एउटा छानबिन समिति बनाउनुपर्छ ।ु

खबरपाटी
खबरपाटी