BTL इलेक्ट्रोनिक्सले लिम्बिक एड्भर्टाइजिङसँग नेपालमा रणनीतिक सहकार्य सुरु गर्‍यो

BTL इलेक्ट्रोनिक्सले लिम्बिक एड्भर्टाइजिङसँग नेपालमा रणनीतिक सहकार्य सुरु गर्‍यो

काठमाडौं – भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ।

बजाज ट्युब्स प्राइभेट लिमिटेड जस्तो प्रतिष्ठित भारतीय व्यावसायिक समूहअन्तर्गतको बीटीएलले दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमको क्रममा यही असार ११ गते द सोल्टी होटल काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

दुईदिने कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए। सम्झौता अन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ। ठूलो भारतीय समूहले सीधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको यो एउटा उदाहरण हो।
सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज र लिम्बिक एड्भर्टाइजिङको प्रबन्ध निर्देशक प्रज्ञा शर्माबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा हस्ताक्षरपछि नवीन बजाजले भने,“हाम्रो उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनहरूलाई नेपाली घरघरमा पुर्‍याउनु हो। यसका लागि हामीले रणनीतिक दृष्टिकोण राख्ने लिम्बिकलाई विश्वास गरेका छौं।”

अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, मार्केटिङ , को नेतृत्व गर्नेछ।त्यसैगरी लिम्बिककी प्रबन्ध निर्देशक प्रज्ञा शर्माले भनिन् , “ लब्ध र प्रष्ठित भारतीय समूहबाट सिधै विश्वास प्राप्त गर्नु हाम्रो लागि ठूलो अवसर र जिम्मेवारी हो। उपभोक्ताले उत्पादनको मूल्य बुझून् भन्ने उद्देश्यसहित हामी रणनीति र रचनात्मकतालाई सन्तुलनमा राखेर काम गरिरहेका छौं। प्राप्त रचनात्मक स्वतन्त्रता र स्पष्ट दिशाको आधारमा हामी नेपालमा बीटीएलका लागि फरक र प्रभावशाली अभियानहरू ल्याउँदैछौं।”

अब लिम्बिक एडभर्टाईजिङले ब्राण्डको रणनीतिक पोजिसनिङ,विज्ञापन अभियान,ईन्फ्लूएन्सर मार्केटिङ र ब्राण्ड कन्सल्टिङको नेतृत्व गर्नेछ ।

बीटीएलका उत्पादनहरू—जसमा टेलिभिजन, एयर कन्डिशनर, र डीप फ्रिजरहरू आदि छन्—दिगोपन, गुणस्तर र किफायती मूल्यका आधारमा निर्माण गरिएका छन्। अब लिम्बिकले आफ्नो नेतृत्वमा, बीटीएल नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै, विद्यमान ब्रान्डहरूलाई चुनौती दिने नयाँ विकल्पका रूपमा अघि बढ्ने लक्ष्य लिएको छ।

खबरपाटी
खबरपाटी