कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो १ बजे बस्दै

कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो १ बजे बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे  केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ।

दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

पार्टीको१०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेश हुनेछ। पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिनेछन्।

खबरपाटी
खबरपाटी