आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको हो। आइतबार बिहानदेखि भइरहेको वर्षाले तराइका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीलका अनुसार धनगढी र गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ। उनका अनुसार मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ। धनगढीको मुख्य सडक लगायतको क्षेत्र जलमग्न भएको हो।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै तथा बाँकी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।