काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
हिजो अमेरिकी डलरको मूल्य एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।