६ दिनदेखि सम्पर्कविहीन कृष्ण प्रसाद तिवारी चितवनमा सकुशल फेला

६ दिनदेखि सम्पर्कविहीन कृष्ण प्रसाद तिवारी चितवनमा सकुशल फेला

काठमाडौं-गत असार ८ गतेदेखि सम्पर्कविहीन भएका वर्ष ६१ का कृष्ण प्रसाद तिवारी सकुशल फेला परेका छन्। बाँके जिल्ला खजुरा गाउँपालिका–५ स्थायी घर भई हाल चावहिल ओरालो, गौरीघाटमा डेरा गरी बस्दै आएका तिवारी असार १३ गते चितवनको नारायणी नदी किनारमा आयोजित सन्ध्या आरतीका क्रममा फेला परेका हुन्।

अस्पताल जान भन्दै बिहान घरबाट निस्किएका तिवारीले सोही साँझ ६ बजेर २१ मिनेटमा चितवनमा रहेका छोरासँग फोनमा “म गौरीघाटमा छु, अस्पताल जान लाग्दैछु” भनेका थिए। त्यसपछि उनको मोबाइल स्विच अफ भएको थियो र सम्पर्कविहीन अवस्थामा रहेका थिए ।

हाल तिवारीको मानसिक र शारीरिक अवस्था सामान्य रहेको स्वयं तिवारीले बताएका छन । हाल दाजु विष्णु प्रसाद तिवारी र भाउजु लक्ष्मी तिवारीको गैडाकोटस्थित निवासमा बसेका छन ।

उनका छोरा बाबालाई खोज्दै चितवन पुगेका थिए। अहिले तिवारी सम्पूर्ण परिवारसँग पहिलाजस्तै व्यवहार गरिरहेका छन भने परिवारजन अत्यन्तै खुसी छन्। तिवारीका भतिज सागर तिवारीले यस्तो जानकारी दिएका हुन्।

साथै, सम्पर्कविहीन अवस्थादेखि फेला परेसम्म निरन्तर खोजी र प्रचारप्रसारमा साथ दिएकोमा परिवारले  खबरपाटी डटकम प्रति आभार प्रकट गरेको छ।

खबरपाटी
खबरपाटी