प्रतिनिधिसभामा आज पनि विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शिर्षकमाथि छलफल हुदै

प्रतिनिधिसभामा आज पनि विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शिर्षकमाथि छलफल हुदै

काठमाडौं : प्रतिनिधिसभामा आज पनि विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शिर्षकमाथि छलफल हुदैछ। 

बैठक बिहान ११ बजे बस्ने तय भएको छ। संसद सचिवालयका अनुसार आज युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि पनि छलफल गर्ने कार्यसुची छ। शनिबाररसम्म १० मन्त्रालयको मन्त्रालयगत छलफल सकिएको छ। 

सांसदहरूले राखेका खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ। यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विरोध भने आज पनि जारी रहने भएको छ। भिजिट भिसा प्रकरणमा छानबिन र गृहमन्त्रीको राजनीतिमा माग गर्दै रास्वपाले गत जेठ १३ गतेदेखि विरोध जारी राखेको छ।

खबरपाटी
खबरपाटी