यस्तो छ एयर इन्डियाको विमान दुर्घटना इतिहास

एयर इन्डियाको जहाज बिहिबार अहमदाबादमा दुर्घटना भएको हो, जसमा २४२ जना यात्रु थिए। एयर इन्डियाको यो पहिलो विमान दुर्घटना होइन, यसअघि ६ पटक ठूला दुर्घटना भएको इतिहास छ। सन् १९३२ मा स्थापना भएको एयर इन्डियालाई टाटा ग्रुपले २०२२ मा पुनः खरिद गरेको थियो।

यस्तो छ एयर इन्डियाको विमान दुर्घटना इतिहास

काठमाडौं । भारतको पुरानो इतिहास बोकेको एयर इन्डियाको जहाज बिहिबार अहमदाबादमा दुर्घटना भएको छ ।

२४२ जना यात्रुसहित लन्डन जाँदै गरेको जहाज रन-वे छाडेलगत्तै दुर्घटना भएको हो ।


एयर इन्डियाको जहाज दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

यसअघि यस्ता ठूला दुर्घटना कम्तिमा ६ पटक भइसकेको छ ।


यस्तो छ एयर इन्डिया विमान दुर्घटनाको इतिहासः

१) एयर इन्डिया फ्लाइट २४५
मितिः ३ नोभम्बर १९५०
स्थानः मोन्ट ब्लान्क, फ्रान्स
मृत्युः ४८ जना

२)। एयर इन्डिया फ्लाइट १०१
मितिः २४ जनवरी १९६६
स्थानः मोन्ट ब्लान्क, फ्रान्स
मृत्युः ११७ जना

३)। एयर इन्डिया फ्लाइट ८५५
मितिः १ जनवरी १९७८
स्थानः मुम्बई नजिक
मृत्युः २१३ जना

४)। एयर इन्डिया फ्लाइट १८२
मितिः २३ जुन १९८५
स्थानः आयरल्यान्ड नजिकै, आकाशमै विस्फोट
मृत्युः ३२९ जना

५) एयर इन्डिया फ्लाइट ८१२
मितिः २२ मे २०१०
स्थानः मंगलोर, कर्नाटक, भारत
मृत्युः १५८ जना

६) एयर इन्डिया फ्लाइट १३४४
मितिः ७ अगस्ट २०२०
स्थानः कोझिकोड, केरल
मृत्युः २१ जना

सन् १९३२ मा स्थापना भएको एयर इन्डियालाई स्थापनाकालमा टाटा एयरलाइन्स भनिन्थ्यो । सन् १९४६ मा टाटा एयरलाइन्सका नाम परिवर्तन गरी एयर इन्डिया राखिएको थियो ।

त्यसपछि एयर इन्डियालाई १९५३ मा सरकारीकरण गरियो । १९६० देखि बोइङ–७०७ विमान खरिद गरेर जेट युगमा प्रवेश गर्यो । जेट विमान प्रयोग गर्ने पहिलो एशियाली एयरलाइन्स रहेको बताइन्छ । २००७ मा एयर इन्डिया र इन्डियन एयरलाइन्स गाभियो ।

तर, २०२२ मा एयर इन्डियालाई पुनः टाटा ग्रुपले खरिद गर्यो । हाल यो टाटा ग्रुपकै स्वामित्वमा छ । एयर इन्डियाले नेपालमा समेत उडान भर्दै आएको छ ।

खबरपाटी
खबरपाटी