लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त जहाजको भागहरूबाट धुवाँ निस्किरहेको दृश्य देखिएको भन्दै इन्डिया टुडेले लेखेको छ(दुर्घटना उडान भर्ने क्रममा भएको थियो ।

विमान एयर इन्डियाको भएको बताइए पनि यसबारेमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भइनसकेको इन्डिया टुडेले लेखेको छ ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

खबरपाटी
खबरपाटी