आइतबार कोशी र पहाडी क्षेत्रमा मेघगर्जन र वर्षाको सम्भावना

आइतबार कोशी र पहाडी क्षेत्रमा मेघगर्जन र वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा मनसुन प्रवेश गरेको १० दिन बितिसक्दा पनि यसको प्रभाव कोशी प्रदेशबाट अन्यत्र विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा भने मनसुनी वायु सक्रिय रहेको छ।

देशको पश्चिमी तथा मध्य भूभागमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा छिटपुट वर्षा भएको छ।

आइतबार दिउँसो कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

आइतबार राति पनि कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतः सफा हुने अपेक्षा गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

खबरपाटी
खबरपाटी