थोराङ्ग पास सफाइ अभियान : सैनिक टोलीद्वारा ३५० केजी फोहोर संकलन

थोराङ्ग पास सफाइ अभियान : सैनिक टोलीद्वारा ३५० केजी फोहोर संकलन

श्री सैनिक उच्चशिखर शिक्षालय, कैसाड्गले आफ्नो ५० औं वार्षिकोत्सवको अवसर पारेर थोराङ्ग पास क्षेत्रबाट ३५० केजी फोहोर संकलन गरी वातावरण संरक्षणतर्फ उल्लेखनीय योगदान दिएको छ।

मिति २०८२ जेठ ३ गते सि.सं. ६३ हाई अल्टिच्युड तथा माउण्टेन वारफेयर बेसिक तालिमका शिक्षक, शिक्षार्थी तथा बन्दोवस्ती टोलीले अन्तिम बाहिरी अभ्यासको क्रममा थोराङ्ग फेदीदेखि मुक्तिनाथसम्मको यात्रामा थोराङ्ग पास आसपास छरिएका ३७ बोरा बराबर ३५० के.जी. फोहोर संकलन गरेका हुन्।

संकलित फोहोर एक औपचारिक समारोहबीच शिक्षालयका शिक्षाधिकृत महासेनानी श्री खेमराज शर्माले राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (ACAP), जोमसोम, मुस्ताङका कार्यालय प्रमुख श्री राजेश गुप्तालाई हस्तान्तरण गर्नुभएको हो।

 

यस कार्यले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै पर्वतीय क्षेत्रको सफाइमा सुरक्षाकर्मीहरुको सक्रिय सहभागिता देखाएको छ। यस पहलले अन्य निकाय र समुदायलाई पनि वातावरण संरक्षणमा प्रेरणा दिने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी