भारतले सुरुङ उद्धारका लागि टोली र प्राविधिक सामाग्री पठायो

भारतले सुरुङ उद्धारका लागि टोली र प्राविधिक सामाग्री पठायो

काठमाडौं – भारतले सुरुङ उद्धारका लागि टोली र प्राविधिक सामाग्री नेपाल पठाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।भोटेकोसी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरङमा रहेका कर्मचारीहरूको उद्धारमा कठिनाइ भइरहेका बेला भारतले प्राविधिक सामाग्री र जनशक्ति पठाएको हो। 

टोलीसँगै भारतले १० टन राहतका सामाग्री पनि पठाएका छन् । भारतले यसअघि दुईपटक राहत सामाग्रीसहितका विमान पठाइसकेको छ । 

खबरपाटी
खबरपाटी