पहलगाममा आतंकवादीले हत्या गरेका न्यौपानेका परिवारलाई भेट्न पुगे भारतीय नियोग प्रमुख

पहलगाममा आतंकवादीले हत्या गरेका न्यौपानेका परिवारलाई भेट्न पुगे भारतीय नियोग प्रमुख

काठमाडौं । भारतको कश्मिरस्थित पहलगाममा आतंकवादीले हत्या गरेका सुदीप न्यौपानेको परिवारलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीबास्तवले भेटेका छन्।

न्यौपानेको निवासमा पुगेका काठमाडौंस्थित भारतीय नियोग प्रमुख श्रीवास्तवले परिवारलाई समवेदना दिएका हुन्। न्यौपानेको न्यायका लागि पहल गरिने श्रीवास्तवले बताएका छन्। 

कश्मिरको पहलगाममा न्यौपानेसहित २६ जना पर्यटकको आतंकवादीले हत्या गरेका थिए।

खबरपाटी
खबरपाटी