काठमाडौं । पहलगाम आतंकवादी आक्रमणको अनुसन्धानले आतंककारीहरूको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको भारतले दाबी गरेको छ । विदेश सचिव विक्रम मिस्रीले गरेको प्रे ब्रिफिङमा ुद रेसिस्टेन्स फ्रन्टुले गरेका दाबी र लश्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरूबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको उल्लेख छ ।
प्रत्यक्षदर्शीहरूको बयान र कानूनी निकायहरूसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरूको पहिचानजस्ता कार्यहरू अघि बढिसकेको उनले बताए । ुहाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरूको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ,ु उनले भनेका छन् ।
चरम बर्बरताले भरिएको पहलगाम आक्रमण स्पष्ट रूपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको उनको निष्कर्ष छ । ुयो आक्रमण स्पष्ट रूपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । खासगरी यहाँको विकास र गतिलाई हानी पुर्याए यसले यस क्षेत्रलाई सधै पछाडि पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतङ्कवादका लागि उर्वर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरूको आकलन थियो,ु उनले भनेका छन्, ुजुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरू विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ ।ु
आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले आक्रमणको जिम्मा लिएको र यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा भएको उनले बताए । ुउल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतङ्कवादी समूहका लागि काम गर्ने टीआरएफबारे जानकारी दिएको थियो,ु ब्रिफिङमा उनले भने, ुयसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफजस्ता साना आतङ्कवादी समूहहरूमार्फत लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेकोबारे जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ ।ु
पहलगाममा भएको आक्रमणले जम्मू(कश्मीर र भारतका अन्य भागहरूमा समेत गहिरो आक्रोश उत्पन्न गरेको उनको भनाइ छ । ुअप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भूभाग वा आफ्नो नियन्त्रणमा रहेको भूभागमा रहेको आतङ्कवादी पूर्वाधारविरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन,ु उनले भनेका छन्, ुत्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरूको अनुगमनपछि भारतविरुद्ध थप आक्रमणहरू हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।ु
भारतले सीमापार आक्रमणहरूविरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको उनले बताए ।