भारतले हाम्रा सर्वसाधारण नागरिकमाथि हवाई हमला गर्‍यो: पाकिस्तानी रक्षामन्त्री

भारतले हाम्रा सर्वसाधारण नागरिकमाथि हवाई हमला गर्‍यो: पाकिस्तानी रक्षामन्त्री

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन्। 

ख्वाजा आसिफले बीबीसी उर्दुसँग भनेका छन्, ‘हेर, उनीहरू (भारत) ले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु- सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन्।’

‘एक बच्चा सहिद भएका छ।न् एक महिला सहिद भएकी छन्। मसँग सहिदको पछिल्लो तथ्यांक छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।’

खबरपाटी
खबरपाटी