सडक आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघको घोषणा

सडक आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले जारी काठमाडौंकेन्द्रित आन्दोलन रोक्ने घोषणा गरेको छ । बुधबार सरकार र महासंघबीच नौबुँदे सहमति भएपछि जारी आन्दोलन रोक्ने घोषणा गरिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भोलिदेखि शिक्षकहरू विद्यालयमा फर्कने र भर्ना अभियान सुरु हुनेछ ।

असार १५ गतेसम्म ऐन जारी नभए अहिलेभन्दा कडा आन्द‍ोलन गर्ने चेतावनी पनि समेत दिएका छन् ।

 

खबरपाटी
खबरपाटी